.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Saturday, August 21, 2010

गजल


बिधा                
गजल
  @
पवन पौडेल  बिर्तामोड झापा नेपाल 
jhapalipaudel@yahoo.com



तिमीलाई भेट्न भनी आज शहरमा आएको छु
तिमीलाई भेट्ने आशामा सारा संसार धाएको छु

तिमीले मलाई भेट्न र देख्न नचाहेतापनि
तिमीलाई भेट्ने बाँचा कसम मैले खाएको छु

तिमीले मलाई धोका दिएर शहरमा आएतापनि
तिमीलाई खोज्ने ठेगाना अब मैले पाएको छु

तिमीले मलाई छाडी अन्तै गएतापनि
तिमीप्रति संधै मैले माया लाएका

Read more...

Tuesday, June 22, 2010

गजल




बिधा                
गजल
  @

इन्द्र नारथुंग
हाल:क्वालालम्पुर,मलेसिया 

शमशानमा एउटा लास जलिरहेछ आज
हृदयभरीको सारा विश्वास जलिरहेछ आज

के छ र जल्नु बाँकी त्यहाँ रित्तो शरिर शिवाय 
मेरै जिजीबिषाहरु खास जलिरहेछ आज

त्यही स्पन्दन न थियो जहाँ म मिलेको थिएँ
यस्तो लाग्छ बस्ने बास जलिरहेछ आज

के नै पो र् ह्रयो र बाँकी अब मेरो यो जिन्दगीमा 
आँशु छोडेर सारा परिहास जलिरहेछ आज

युग यगान्तर बाँचौंला भन्थे उनको साथमा
त्यही अन्तिम अतृप्त आस जलिरहेछ आज

Read more...

Sunday, June 20, 2010

गजल "भाँचिदेलान् कलम मेरो"


बिधा                
गजल
  @
करुण थापा, काठमाण्डौ,नेपाल
karunthapa@yahoo.com


भाँचिदेलान् कलम मेरो गीत लेख्दा पनि ।                                                                
डर लाग्न थालेकोछ मान्छे देख्दा पनि ।।

फुल्न छाडे फूलबारीमा फूलहरु अब
काँढा टेके जस्तो लाग्छ जहाँ टेक्दा पनि । 

आँधी आउँछ जस्तो लाग्छ किन किन मलाई
सानो सानो बादलले घाम छेक्दा पनि ।

सुन्निएको जस्तो लाग्छ आफ्नै मुटु पनि
निको हुन्न किन होला जति सेक्दा पनि ।

बालक जस्तै डराउने भएकोछु म त 
बारुद देख्छु आजभोलि सलाई फेंक्दा पनि । 

Read more...

गीत " उमेर बढ्यो नानी तिम्रो"


बिधा                
गीत
  @
उमा सुवेदी
us_bhandari@yahoo.com                                             


उमेर बढ्यो नानी तिम्रो, दुनियाँले भन्न लागे                                                                          
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे


देख्छु सबै सङ्गीहरु, हाँसी खुशी रमाएका
रहर लाग्दो जोडी बनी, जतासुकै सुहाएका
आफ्नो भने जवानीका, रहर यसै जान लागे
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे


हिजोसम्म मख्ख परी, छानी बसें गनी गनी
आज कोही देखिदैनन्, आँगनीमा एउटा पनि
जो आए नि मुख हेरी, उमेर मेरो सोध्न लागे
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे

Read more...

कथा - "अदृष्य घाउ"


बिधा                
कथा
  @
विद्या सापकोटा
हाल : शंकरदेव कलेज, काठमाडौं
sap.bidhya@hotmail.com

केही खाजेजस्तै हतासिदै उसले यताउता हे–यो । खै केही फेला पारेनछ क्यारे .....सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहा–यो आफ्नै परिवेश । त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहीं निदाएजस्तो केहीं विउझिएजस्तो घण्टाघरको पुरानो घडि जहाँकोतहीं थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिडभाड देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु ।उसलाई त्यतिकै हाँसो उठ्यो । झटपट सुन्धारा , काठमाडौं मल , बागदरवार, रत्नपार्क , टुडिखेल सवैतिर सरसर्ति हे–यो उसले । खुलामञ्च भरिभराउ देखिन्थ्यो । सायद कसैको भाषण चल्दैहोला । सैनिकहरु परेडमा ब्यस्त ।

'कालिमाटी........किर्तिपुर ...पाँगा..।'
'बालाजु ..बाइसास ...मनमैजु .........।'
'थापाथली. ..कुपण्डोल... ललितपुर ....।'
फरकफरक स्वरहरु सकेसम्म ठूलो हुदै हुइकिरहेका थिए ।

'ओइ साले यो त मलाई देका ।'
'तलाई हैन मलाइ देका ।'
'ओइ तैले मसँग निहूँ खोजेकै होस् , ल आइज...........आइज सिङ्गल सिङ्गल खेल्ने ?'
सडक बालकहरु आफूआफूमा एक रुपैयाको लागि तछाडमछाड गरिरहेका ।

'ए सस्तो सस्तो..... एक किलोको पन्घ्र दुई किलोको वीस मात्र ।'
'किन यस्तो भएको ?'
'नगरपालिका आउदै छ,त्यही भर ल ल छिट्टो किन्नुस् ।'
'यो त तीन पाउ पो भो त, कसरी एक किलो हुन्छ ।'
'यहाँको एक किलो भनेको यत्ति हो , बढि चाहिए अन्तै जाने ।'
'क्या हो ?नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ र ?'
'कस्तो किचकिचे मान्छे रैछ,..........सस्तो पनि चाहिने पुरा पनि चाहिने ठिसहरु ।' व्यापारिक भाषा नराम्रोसँग छताछुल्ल हुन्छ त्यहाँ ।
कत्ति भिडभाड हुदा हुदँै पनि सवै एकअर्काबाट बेखवर । शहिदगेटको छेउका उभिएको ऊ सवै निहारेर फेरी मुस्कुरायो एक्लैएक्लै ।

केही सम्झिए झैँ झल्यास्स घडि हे–यो उसले । बाह्र बजिसकेछ । तर पटक्कै घर जाने मन लागिरहेको छैन ...किन उत्तर नै छैन । घण्टौ देखी ऊ त्यो फलामेबारमा अडेस लगाएका उभिएको उभियै छ । उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके, कुनै त फर्केर पनि आइपुगिसके तर ऊ जहाँकोतहि छ । डेक नचलिकन, बारमाथि फरक अस्तित्व जमाएर ।

आकाशमा कम्पन छाड्दै एउटा जहाज उड्यो । अनायसै उठेका हातहरु लजाउदैं खुम्चिए गोजीभित्र । त्यतै हेरेर टोलाउन लाग्यो ऊ ।

शरीरमा चटक्क मिलाएर लगाइएको कपडा, सलक्क छाडिएको कपाल, गाजलले भरिएका जिज्ञासु आँखाहरु । ओहो सुची सधै यसरी नै उभिन्थी । यही बारमा घण्टौंघण्टा आँखामा आँखा जचाएर अनि हतारिदैं पस्थी,कुनै माइक्रो भित्र । बाइ बाइ लक्स ..........।

मास्टरको विद्यार्थी ऊ अर्थात लक्स । एउटा प्राइभेट कम्पनीमा जागिर ग–थ्यो । यि प्राइभेट अफिसहरु खाउभने कान्छो वाउको अनुहार नखाउ भने दिनभरीको शिकार पाराका । कहिल्यै फुर्सद हुने हैन ,फेरी कलेज दिनदिनै जान नपाए पछि ट्युसन पढेर भएपनि पास त गर्नैप–यो । ह्या यो शनिवार एकदिन त मज्जाले सुत्न पाए पनि त हुने.........। तर किन त्यती बेला निद्रा कहाँ गएको थियो कुन्नी? कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन । विशेष शनिवार आउदा त कुनै चाड आए झै लाग्थ्यो । राति नै उठेर नुहाइधुवाइ ग–यो ऊ । आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो अनि बडो उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो ।

आज सण्डे है सुची ?
अँ आज भर्खर फ्राइडे भयो , यो स्याटडे आउन किन यति धेरै सामय लाग्छ लक्स ?
हप्तैभरी दुवैजना भित्रभित्रै छटपटाउथे अनि घण्टौ फोनमा झुण्डिन्थे ।

ऊ हरशनिवार ट्युसन सकाएर मोडल हस्पिटलको गेटमा अडिन्थ्यो । सुची एकैछिनमा हाजिर हुन्थी । केही पलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणि गायव हुन्थे । भिडभाडलाइ छल्दै कहिले नगरकोट, कहिले गोदावरी, कहिले धुलिखेल, कहिले ककनी त कहिले कता–कता ।

आज ती दिनहरु कल्पनाका आकाशमा हराएका छन् तरैपनि उसलाई यादहरु पनि बडो स्वादिलो लागिरहेको छ ।
'तपाइ कहाँ बस्नुहुन्छ ?'
'हजुर ! मनमैंजुतिर हो ।'
'म पनि उतै बस्ने हो हेर्नुस न एक्कासी बन्द भएर , के गर्ने होला ?'
'अँ भन्या यो बन्दले त अति नै ग–यो । मेरो त झन् आमा आउनुभाको छ गाँउबाट । आत्तिइसक्नु भो होला के गर्ने गर्ने...........??'
'अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ न त ।, भित्रि बाटो त बन्द छैन होला नी । '
'खै ??'के गरु...के गरुको अवस्थामा सुचीले उसको लिफ्ट स्विकारेर घरसक्मको यात्रा तय गरेकी थिई ।

पुतलीसडकको एउटा कन्सल्टेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सुचना, अर्को एउटा प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो तय गदै आएको लक्ष्मण । दुवै उस्तै उस्तै पीडा र सर्घष बीच गुर्जदै आएका थिए । त्यो सधैको पीडादायी सडकबन्द, एकदिन खुसीको बाटो भएर बगे झै लाग्थ्यो दुवैलाई । दुवैले मन मिल्ने साथी भेट्टाएका थिए । छोटो समयको अन्तराल मै सुचना लक्ष्मणकी मायालु "सुचि" भएकी थिइ । ऊ "लक्स "।

ऊ घरको एक्लो छोरो । बुढा बा आमा । आमाको विरामीको खवर पाएर उसलाई एक्कासी गाँउ जान परेकोले कही दिनदखी सुचीदेखी टाढिन परेको थियो ।
'लक्स म तिमीलाई तुरुन्तै भेट्न चाहन्छु , जहाँ जसरी भएपनि ।'
एकदिन आत्तिदै सुचिले फोन गरी । दुवैजनाको भेट भयो । आखाभरी आशु पारेर सूची बोली " लक्स ! म अष्ट्रेलिया जाने भए नी , आजै एक बजेको फ्लाइट छ । '
'हँ...........तिमीले यतिका दिनसम्म गरेको दुखको फल पायौं । अँ साच्चि, पैसाको जोहो गर्न गाह्रो परिरहेको थियो, के ग–यौ त.......... हतास हुदै ऊ बाल्यो ।'
'मैले एउटा निर्णय गरे लक्स । तिमी विदेश जादै नजाने, मलाई नगइ नहुने ....................। एउटा सम्पन्न मान्छेलाइ पनि समस्या परिरा‘रहेछ , उसैसँग कोर्ट म्यारिज गरेर जाने भएँ । उसले लाग्ने सबै खर्च व्यहोर्दैछ ।'

' तिमी कोर्ट म्यारिज गरेर जाने ? कस्तो मान्छे हो.......'यति मात्र निस्किए उसको मुखबाट । मनभित्रबाट उठेको ज्वालामूखी घाँटीसम्म आएर रोक्कियो ........... 'तिम्ले आफ्नो निर्णय त गरेछौ सुची तर तिमी गएपछि मेरो के हाल हुन्छ, विचार गरेकी छौं ?
'अँ, अव हामीले चाहेर केही हुनेवाला छैन लक्स,मेले निर्णय गरिसके । जे होला राम्रै होला । समयमै, धेरै पटक भनेथें तिमीलाई, पटक्कै मानेनौं । अव त...........मैले निर्णय गरिसके । '
'तिमी राम्ररी पढ, काम गर ,मलाई नविर्स ........'आशु रोक्ने असफल प्रयास गर्दै बोल्दा बोल्दै ऊ उठेर हिडीं । चाहेर पनि उसले रोक्न सकेन ।

एउटा नमिठो घाउ दिएर ऊ गई, ऊ भन्दा धेरै पर । बोल्ने आँट पनि आएन , बोल्ने कुरा पनि बाँकि रहेन । अन्त्यमा “शुभयात्रा सुची, सदै खुसी रहनु’’ हतार हतार टाइप गरेर एसएमएस् पठायो उसले ।

त्यसपछि, फेरी यो शहरमा ऊ एक्लै भयो । सुचीसँग भेटिनु अगाडी पनि त एक्लै थियो अव पनि के फरक पर्छ र? उसले मनलाई बुझाउने हजार प्रयास ग–यो, आखिर मनै त हो बेला न कुवेला बाँध भत्काएर बगिदिन्छ । सँगै विताएका ती पलहरु ............."एउटा मान्छेको मायाले कति फरक पार्दछ हो जिन्दगीमा..............." त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी दुख्यो ऊ बेस्मारी ।

"ए लक्ष्मण घर जाने हैन ?" साथीहरुले कर गर्दा मेरो धेरै काम छ । सरी ल, म जान्न भनेर फिल्म हेर्न नगएको ऊ । साथीहरु त फर्किसकेछन् । झस्कियो ऊ । अनि साथीहरुसँगै चुपचाप÷अनोठो चालामा घर पुग्यो । कुसोकसो ऐनामा आँखा पुग्यो । ओहो उसको शरीर कति मायालाग्दो भएर सुकिसकेछ, भोक हराएको महिनौं भैसकेछ । कलेटी परेका ओठहरु सुम्सुम्याउदै यता यता हे–यो । किताबका चाङ्गहरु धुलोले छपक्क ढाकिएछ ,हरेक सामान कस्तो भद्रगोल । पर फालिराखेको मोवाइल , स्किन मै मुस्कुराइ रहेका दुइ प्राणी लक्स र सुची । उसका औंलाहरु यन्त्रवत चले । पलभरमै त्यो नमीठो विगत कमसेकम उसको मोवाइलवाट डिलिट भयो । अनि केही चङ्गा भए झै गरेर ऊ भान्छातिर छि–यो ।

Read more...

"गीत"


बिधा                
गीत
  @
मधुश्री ,काठमाण्डौ,नेपाल
shree01_madhu@yahoo.com                                                  


काडामा टेकी फूलको कथा लेखूँ म कसरी!                                                                            
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!


मनमा दुख्छ देशको माटो रुँदैछ गुराँस ।
खहरे बग्छ आशाको मुल हुँदैछ यो लास ।।
देखिन्न कतै शान्तिको रुप हाँसू म कसरी !
काडामा टेकी फूलको कथा लेखूँ म कसरी !!


गोरेटो छैन अगाडि बढ्ने कोदालो नबोकी ।
डाँडा र काडा सम्मिन्न हाम्ले पसिना नपोखी ।।
बिचमा छोडी निर्माण बाटो मोडूँ म कसरी !
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!


काडामा टेकी फूलको कथा लेखूँ म कसरी !
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!

Read more...

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010