गीत " उमेर बढ्यो नानी तिम्रो"
बिधा | { | गीत | @ | उमा सुवेदी us_bhandari@yahoo.com |
उमेर बढ्यो नानी तिम्रो, दुनियाँले भन्न लागे
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे
देख्छु सबै सङ्गीहरु, हाँसी खुशी रमाएका
रहर लाग्दो जोडी बनी, जतासुकै सुहाएका
आफ्नो भने जवानीका, रहर यसै जान लागे
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे
हिजोसम्म मख्ख परी, छानी बसें गनी गनी
आज कोही देखिदैनन्, आँगनीमा एउटा पनि
जो आए नि मुख हेरी, उमेर मेरो सोध्न लागे
बाबाआमा औंला भाँची, मेरै उमेर गन्न लागे

0 कमेन्ट गर्नुहोस:
Post a Comment