गजल
बिधा | { | गजल | @ | इन्द्र नारथुंग हाल:क्वालालम्पुर,मलेसिया |
शमशानमा एउटा लास जलिरहेछ आज
हृदयभरीको सारा विश्वास जलिरहेछ आज
के छ र जल्नु बाँकी त्यहाँ रित्तो शरिर शिवाय
मेरै जिजीबिषाहरु खास जलिरहेछ आज
त्यही स्पन्दन न थियो जहाँ म मिलेको थिएँ
यस्तो लाग्छ बस्ने बास जलिरहेछ आज
के नै पो र् ह्रयो र बाँकी अब मेरो यो जिन्दगीमा
आँशु छोडेर सारा परिहास जलिरहेछ आज
युग यगान्तर बाँचौंला भन्थे उनको साथमा
त्यही अन्तिम अतृप्त आस जलिरहेछ आज ।

0 कमेन्ट गर्नुहोस:
Post a Comment