"गीत"
बिधा | { | गीत | @ | मधुश्री ,काठमाण्डौ,नेपाल shree01_madhu@yahoo.com |
काडामा टेकी फूलको कथा लेखूँ म कसरी!
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!
मनमा दुख्छ देशको माटो रुँदैछ गुराँस ।
खहरे बग्छ आशाको मुल हुँदैछ यो लास ।।
देखिन्न कतै शान्तिको रुप हाँसू म कसरी !
काडामा टेकी फूलको कथा लेखूँ म कसरी !!
गोरेटो छैन अगाडि बढ्ने कोदालो नबोकी ।
डाँडा र काडा सम्मिन्न हाम्ले पसिना नपोखी ।।
बिचमा छोडी निर्माण बाटो मोडूँ म कसरी !
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!
काडामा टेकी फूलको कथा लेखूँ म कसरी !
अँधेरी रात जूनको प्रित देखूँ म कसरी !!

0 कमेन्ट गर्नुहोस:
Post a Comment