गज़ल " यौवन "
बिधा | { | गजल | @ | आशांक उपाध्याय, जनकपुर हाल: FOB, |
सपनाका लहरमा, छाल कति आए, गए ||

लेख्दा गीत पिरतीका, हृदयको माझबाट,
संगीतले सजाउन, ताल कति आए, गए ||
स्वप्न परि जस्तै लाग्ने, यौवनाको छेउ पर्दा,
बेचैनीमा हास्नु पर्ने, हाल कति आए, गए ||
जवानीले अंगालेर, अङ्ग अङ्ग पगालेको,
आशा गरि बिताएका, साल कति आए, गए ||
उत्तरको आशा गरि, प्रस्तावको दाउ थाप्दै,
समर्पित खेल खेल्ने, खाल कती आए गए ||

0 कमेन्ट गर्नुहोस:
Post a Comment