शान्ति( कविता)
श्रीराम गौतम
बलेटक्सार, गुल्मी
ईमेल: gautam.shreeram@yahoo.com
चल्यो हावा मन्द मन्द गतिमा सुसाए बन पाखा
रिम-झिम बर्षात सँगै कोइलि गाउँदै मीठा भाका !
चरी उड्छे चिरबिर हरिया ति बन जंगलमा
हर्षले केहि लरिया झुलेका ति पाखा पखेरामा !
ब्यूँझिन् घाम पूर्बबाट बिहान झल्केका ति हिमाल
बिश्व शिर देख्न सक्ने नमुना अहो ठूलो नेपाल !
फुल्दैछ फूल नेपाली शिरमा बिशालका पौरख
डुल्छ थलमा शान्ति छर्दै उस्ले संसारकै गौरब !
उदार मन यो नेपाली महान सबैको भावना त्यो
ब्यूँझाइ "शान्ति" पालेर परेवा नेपाली गहना त्यो !

0 कमेन्ट गर्नुहोस:
Post a Comment