गजल ...."तिमी साथ"
बिधा | { | गजल | @ | सुरेश वाग्ले ,काठमाण्डौ,नेपाल हाल:बोस्टन suresh.wagle@yahoo.com |
तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन,
मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन ।
हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ,
कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन ।
कैलेकाहिँ टाढा हुँदा, आँखा चिम्ली हेर मात्र,
एकैछिनमा आइपुग्छु, बिमान पनि चाहिँदैन।
हाम्रो माया नबुझ्ने ती, कलाविहीन मान्छेहरू,
प्रेमी भनून्, पागल भनून्, सम्मान पनि चाहिँदैन ।

0 कमेन्ट गर्नुहोस:
Post a Comment