दुई मुक्तकहरु
बिधा | { | मुक्तक | @ | कृष्ण प्रसाद पाण्डे ,जेद्दह,साउदि अरेबिया krish_pandey80@yahoo.com |

कस्ले भन्छ हाम्रो माया हो मात्रै देखावटी ?
मुहारको उज्यालो त होइन बनावटी
मन भित्र कालो राखी बाहिर हाँस्नेलाई
लाग्न सक्छ आफु जस्तै अरु`नी सजावटी
2
तिमीले साथ दियौ जिउन थालेको छु
धोकाले फाटेको मन सिउन थालेको छु
जिस्किँदा तिमीसँग अनिदो आँखा भो
भन्छन् साथीहरु पिउन थालेको छु

0 कमेन्ट गर्नुहोस:
Post a Comment