..... (गजल)
सुरेश खतिवडा
काठमान्डौ
सारा दु:ख बिर्सिएर, तिम्रै छेउमा बस्न पाए,
निको हुन्थ्यो मन्को घाउ, त्यो मायाको सामिप्यले,
तिमिसँगै जिन्दगीको, लगनगाँठो कस्न पाए ।।
सार्थक हुन्थ्यो जिन्दगीनै, फगत तिम्लाई पाएपनि,
सबै खुशी बिर्सिएर, त्यो जीवनमा फस्न पाए ।।
हर खुशीले त्यो मायाको, झोली भर्न मेरी प्रिय,
यो जीवन नै सुम्पिदिन्थें, संजीवनी घस्न पाए ।।
धन्य हुन्थें यो चोलामा, तिम्लाई पाए मैले साथी,
स्विकार हुन्थ्यो बरु मलाई, छाँगाबाट खस्न पाए ।।

1 कमेन्ट गर्नुहोस:
झिल्का छ नि गुरु !!!
Post a Comment