माँन्द्रो बुन्ने सपनाहरू !(कविता)
बिधा | { | कविता | @ | अशोक पार्थिव तामाङ तपेश्वरी १ , उदयपुर हालः ( ईजरायल) |
गन्तब्य बिहीन

अनेकौं भाव तरेलीहरूमा
एउटा पातलो माँन्द्रो बुनउँ भनेर
जंगलहरू चहार्दै बाँस खोज्ने क्रम जारी छ
लेफ्ट....राईट्... लेफ्ट....राईट्... लेफ्ट....राईट्... !
हिंसात्मक जंगली जनावरको जमघट पछि पनि
यो खोल्सा र त्यो खोल्सामा पाईलाको बिभाजन दुरी छोडर्दै
चुरे महाभारत पर्वत श्रृङखलाको मध्य भागतिर पाईलाहरूको चप्पल फड्कारी रहेछु
लेफ्ट....राईट्... लेफ्ट....राईट्... लेफ्ट....राईट्... !
थाहा छैन
कुन साँगुरीको भीरमा मैले खोजेको निगालो बाँस फुलीरहेको होला
अनि
बाँस भेट्नुँको खुशीमा घर दौडिएर सौन्दर्यको गुराँस
आँखाको बारी र कान्ला भरी फुलाउँन पाउँने होकि, होईन ?
किनभने चारकोसे झाडी घनघोर छ
आँधीबेरी आउँन के बेर र ?
एउटा अजीव अजिङगर जस्तै
निलीरहेछ ख्वाप्पलक्कै
मेरो दिनको समय तालिकाहरू !
भाटा नि फोड्नुँ छ
कुनबेला चोया केलाउँनु होला ?
त्यतिन्जेल सम्म त झमक्कै रात परी सक्ला !
घाम अस्ताँचलमा खुईलिएर जदौ सम्बोधन गरे पछि
अनि खै के बुँनिएलार योजनाको माँन्द्रो?
झ्याउँकिरीहरूले पो अगुल्टो बालेर
लेफ्ट....राईट्... लेफ्ट....राईट्... लेफ्ट....राईट्...
गर्नथाले पछि

0 कमेन्ट गर्नुहोस:
Post a Comment