गेडी
बिधा | { | गेडी | @ | तिब्वत आगन्तुक दर्लामी साल्धारा, काभ्रे हालः ललितपुर freetibbat@yahoo.com |
१
छम्म छम्म नाचन, आएँ म त रोधीमा
मन मिल्ने दौंतरी, मायालुको खोजीमा
सालैजो,
धोको पूरा, गर्ने आजै हो ।
२
परदेशी भाको हुँ, देश सम्झी आको हुँ
ख्याल ठट्टा नसम्झ, साँचो माया लाको हुँ
छाँयाले,
लठ्ठै पारिन् यानी माँयाले ।
३
सुख–दुःख विसौनी, हाम्रै लोक भाकामा
राख मलाइ सोल्टीनी, गाजलु ती आँखामा
लोहोरी,
आउ हामी, खेलौं दोहोरी ।
४
मन मिले लाने हो, माया–प्रीती साटेर
चोखो कसम् खाने हो, ज्यान्कै बाजी थापेर
जिन्दगी,
पिरतीमा, राख्छु बन्धकी ।
छम्म छम्म नाचन, आएँ म त रोधीमा
मन मिल्ने दौंतरी, मायालुको खोजीमा
सालैजो,
धोको पूरा, गर्ने आजै हो ।
२
परदेशी भाको हुँ, देश सम्झी आको हुँ
ख्याल ठट्टा नसम्झ, साँचो माया लाको हुँ
छाँयाले,
लठ्ठै पारिन् यानी माँयाले ।
३
सुख–दुःख विसौनी, हाम्रै लोक भाकामा
राख मलाइ सोल्टीनी, गाजलु ती आँखामा
लोहोरी,
आउ हामी, खेलौं दोहोरी ।
४
मन मिले लाने हो, माया–प्रीती साटेर
चोखो कसम् खाने हो, ज्यान्कै बाजी थापेर
जिन्दगी,
पिरतीमा, राख्छु बन्धकी ।

0 कमेन्ट गर्नुहोस:
Post a Comment