अमेरिकन ड्रीम
बिधा | { | कविता | @ | बासु ढकाल कैलिफोर्निया |
हाय !

साउन मा आँखा फुटेको म गोरु
जता हेर्यो उतै हरियै हरियो देख्छु
म जिंदगी हाड घोटेर
फोक्सो फुकाई फुकाई
रगत सुकाई सुकाई
दिन रात हरूमा र
रात दिन हरुमा रूपांतर गर्दैछु/
प्लास्टिकका क्रेडिट कार्ड हरु संग जिंदगी साटेर
सपनाका महल ठडयाउन तल्लीन म
यही जन्मको सहज ऋण तीर्न
ओवर टाइम गर्दै छु
र प्रत्येक दिन अलि अलि मर्दै छु/
हाय मेरो अमेरिकन ड्रीम
हरिया पात हरु बटुल्दै
हरियो पत्तो हात लाउने धुनमा
मेरो कपाल फुल्यो मन फुलेको छैन/
थुकक जिंदगी!
कहिले त फर्किएर जाऊं जाऊं लाग्छ !
गएर के गर्नु र ?
देश आक्रांत छ बिभाजित मन हरुमा
फेरि भोलि पल्ट यतै फर्किएर आऊं आऊं लाग्छ /

0 कमेन्ट गर्नुहोस:
Post a Comment