गजल-......बेग्ला-बेग्लै !!
बिधा | { | गजल | @ | खगेन्द्र पन्धाक लिम्बू chumlimbu@yahoo.com |
आड लाग्ने तिम्रो-मेरो भित्ता बेग्ला-बेग्लै l
गरी खाने तिम्रो-मेरो कित्ता बेग्ला-बेग्लै l
एकै बाटो, एकै साथ हिंडे पनि कठै !
मरे पछि तिम्रो-मेरो चित्ता बेग्ला-बेग्लै l
उही धर्ती, उही गह्रा, माटो खेल्ने हामी l
खने-जोते तिम्रो-मेरो सीत्ता बेग्ला-बेग्लै l
समाज र परिवार उस्तै भए पनि ,
वर्ग नाप्ने तिम्रो-मेरो फित्ता बेग्ला-बेग्लै l
मानवता,समानता होला बराबरी !
पसिनामा तिम्रो-मेरो बित्ता बेग्ला-बेग्लै

0 कमेन्ट गर्नुहोस:
Post a Comment