गजल
बिधा | { | गजल | @ | आकांक्षा शर्मा , बुटवल,नेपाल हाल: जेद्दहा,साउदि अरेबिया aakanksha_gulf@yahoo.com |
भेटिउन् राहमा अन्धकार या रात केहि
औशीलाई चिरेर घमाउने लक्ष्य मेरो।
ढल्दैन आकांक्षा भात्किएर सेतु त्यसै
उर्लिंदो खहरे जमाउने लक्ष्य मेरो।
उमाली आक्रोश ज्वालामुखी बन्दै'छु म
अटल् त्यो पर्बत कमाउने लक्ष्य मेरो।
दुरी छ त के भो!असम्भव छैन केहि
शिखर चुमेर रमाउने लक्ष्य मेरो।

0 कमेन्ट गर्नुहोस:
Post a Comment