.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Tuesday, June 15, 2010

नेपाली सिनेमा र समाज


बिधा        
{
लेख
 @
जेबी राई, काठमान्डौ,नेपाल 
jbrai@hotmail.com

                                                                                                                                                           
हाम्रो नेपाली सिनेमा त खत्तम, नराम्रो पो भो भनेर पटक पटक औंलाइन्छ तर कहाँ, किन र कसरी त्यस्तो भो अब किटान हुनैपर्छ, पाङ्दुरे वहस र समिक्षाले मात्र पुग्दैन ।

धेरैले बक्छन - नेपाली सिनेमा हिन्दी सिनेमा जस्तो भो । मेरो प्रतिकृया - त्यसो भए त अब हाम्रो सिनेमा पनि सारा संसारभरि फैलिने भएछ हगि ? बेशै त भएछ म्ह्ले !
होइन, भाषा चाँहि नेपाली तर सिनेमाको ढाँचा चाँहि हिन्दी भो......, आदि इत्यादि।

अब कस्तो ढाँचा (Structural Format) राम्रो वा नराम्रो भनेर केलाउनुभन्दा पनि पहिला, किन नेपाली सिनेमाको ढाँचा हिन्दीको जस्तो भो वा बनाइयो भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ, त्यस्को लागि नेपालीहरूको सिनेमा हेर्ने सँस्कृति कहाँबाट शुरू भो भन्ने अर्को कुरा बुझ्नको लागि नेपाली सिनेमाकै ईतिहास र तत्कालिन नेपाली समाजलाइ हेर्नुपर्छ । अनि नेपाली सिनेमा-सँस्कृति चाँहि हिन्दी सिनेमा वा सो ढाँचाको अग्रीम नेपाली सिनेमा ('सत्यस् हरिश्चन्द्र' वा 'आमा') बाट शुरू भएको रहेछ भन्ने तथ्य भेटिन्छ । यसो हुनुमा नेपालको भारतसँगको सिमाना खुला रहनु मात्र नभएर उनको जबर्जस्त सामाजिक, भाषिक र साँस्कृतिक सामिप्यता पनि भारतसँग नै हुनु प्रमूख कारक तत्वहरू हुन । अझै पनि पुरानो सिनेमा-संस्कृतिकै प्रभावको कारणले वहूसंख्यक दर्शकहरू हिन्दी ढाँचाको सिनेमा मन पराउनु र नेपाली सिनेमाको निर्माण पनि त्यस्तै हुनु कुनै अनौठो कुरो होइन ।

बाँकी रह्यो, कुन ढाँचा राम्रो वा नराम्रो ?
हुनसक्छ यत्तिखेर हाम्रा केहि सिनेकर्मीले हिन्दी ढाँचामा नेपाली सिनेमा तयार भएर पो नराम्रो भाको भन्ने निर्क्यौल सहित अन्य देशको ढाँचामा पनि तयार गर्ने कोसिस गरिरहेका होलान् ।

तर आरे नी हाउ ! वास्तवमा सिनेमाको कुनै पनि एउटा ढाँचा, किसिम वा प्रकार अर्को भन्दा असल वा प्रधान हुन्छ भन्नु चाँहि व्यक्तिगत स्वाद र मान्यताको कुरो सिवाय अरू केही होइन। बरू अझ जुन ढाँचामा बढी दर्शकहरू अब्यस्त छन त्यै ढाँचामा रहेर सिनेमाको अन्य मूख्य पक्ष जस्तै पात्र र घटनाहरूलाइ बढी मनोरन्जनात्मक भाव (Entertainment Value) सहित रोचक बनाउन सकिएला। पात्र र घटनाहरूलाइ अबको पर्दा-लेखन (Screenwriting) भित्र कसरी बढी रोचक बनाउन सकिन्छ भन्ने कुरा बुझ्नु अगावै सिनेमा भनेको के हो ? ठेट कुरो भेट्नु पर्यो नी !

त्यसो त सिनेमा भनेको के हो भन्ने प्रश्नको उत्तरहरु पनि विभिन्न प्रसँग वा तहका बेग्लाबेग्लै पण्डितहरुबाट फरक फरक एक एक भारी पढि नसक्नु र बुझि नसक्नु आउन सक्दछ । एउटा सरल परिभाषामा सिनेमा भनेको मनोरञ्जन दिन सक्ने श्रव्यदृश्यको एउटा व्यवसायिक माध्यम हो । सम्पूर्ण जीवन र जगतका कुनै पनि वस्तु वा विषयलाई आधार बनाएर काल्पनिक अभिव्यक्ति तर वास्तविकता झल्कने मनोरञ्जनात्मक शैलीमा सिनेमा प्रस्तुत गरिन्छ । यदि अझ सुक्ष्मरुपले अध्ययन गर्ने हो भने सिनेमाको सम्बन्ध लोक वा समाजको मनोवैज्ञानिकतासँग जोडिएको हुन्छ । सामान्यतयाः समाजको मनोवैज्ञानिकता भनेको एक ठाउँमा स्थिर रहने कुनै ठोस वस्तु नभएर यो एउटा हाम्रो अन्दाज र वसबाट प्रायः टाढा रहने, परिवर्तनशिल प्रत्येक व्यक्तिमा हुने एक किसिमको तरङ्ग हो । जस्तै: 'द बर्निङ्ग टेन' र 'माइतिघर' हेरिसकेपछि 'टाइटानिक' र 'दर्पण छायाँ' सम्म आइपुग्दा दर्शकको त्यो तरङ्ग परिवर्तित रहृयो । प्रत्येक सिनेमाले गरेको परिवर्तन र विकाससँग सँगै समाजले सिनेमालाई हेर्ने, बुझ्ने र अनुभव गर्ने शैलीमा पनि परिवर्तन भैरहन्छ ।

नेपाली सिनेमा कस्तो हुनुपर्दछ ?
आहा ! यो एउटा सुन्दर प्रश्नको एउटा सजिलो उत्तर मसँग छ- "नेपाली पाराको" ।

कस्तो हो नेपाली पारा ? प्रश्नहरु क्रमशः थपिन सक्छन् । खम्बुवानको साकेवा नाच, लिम्बुवानको हाक्पारे गीत, मधेशको धान झुलेको, मगराँतको कछाड, तमुवानको झाँकीसँगै तामाङ र शेर्पाहरुको ल्होसार, खसाने भाषा र भक्तपुरे ऐला अलिकति मिसिएको जस्तो हुन सक्छ ।

अब त्यसो भए त्यस्तो नेपाली पाराको सिनेमा चाहिँ हिट हुनसक्ला त ?
हेर्नोस् , कस्तो सिनेमा हिट वा सुपरहिट हुन्छ भन्ने कुरा था'पाए त म स्वयं त्यो बिल गेट्सलाई संसारको सबैभन्दा धनी मान्छे बन्न दिन्नथे तर साँच्चै भन्नुपर्दा कस्तो सिनेमा हिट हुन्छ भन्दा पनि पहिला कस्ता दर्शकहरुलाई तपाईको सिनेमा देखाउने हो त्यो कुरामा तपाई स्पष्ट हुनुपर्दछ ।
मैले नेपाली सिने दर्शकहरुलाई अ म मा न ड ५ समूहहरुमा विभाजन गर्या छु, त्यो हेर्नोस त्यसले तपाईलाई शायद केही अवधारणाहरु दिन सक्तछ ।

अ माने अघिल्लो समूह : नेपालमा यस समूहका दर्शकहरु आर्थिक रुपमा तल्लो श्रमिक वर्ग र संख्यामा सबैभन्दा बढि पर्दछन्, जसलाई सिनेमा हेर्नु सिवाय अर्को सस्तो र सुलभ मनोरञ्जनको विकल्प हुदैन । यी समूहका दर्शकहरुले यो लेख लेख्ने समयमा गाँस, बास र कपासमा बढि समस्या भोगिरहेका छन् र देशमा भैरहेको विधमान युद्धले गर्दा यीनीहरुलाई सिनेमा जस्तो मनोरञ्जनबाट पनि विमुख हुन परिरहेको छ ।

म माने मध्यम समूह : यस किसिमका दर्शकहरुले उनीहरुका रुचीका कलाकार, प्राविधिक, निर्माता, निर्देशक, सिनेमाका विषयवस्तु वा किसिम विशेषलाई छानेर हेर्ने गर्दछन् ।

मा : माध्यम समूह, माध्यम समूहका दर्शकहरुले विभिन्न सूचना (कहिले काँही होहल्ला !) का माध्यमद्वारा प्रभावित भएर मात्रै सिनेमा हेर्दछन् ।

न : नमस्कार समूह, अत्यन्तै चिटिक्क परेका थोरै दर्शकहरु यस समूहमा पर्छन् । यी दर्शकहरु प्रायः विदेशी सिनेमालाई मात्र सुन्दर देख्ने, कहिले काहीँ सिटिजेन केन, द रार्इर्डस अफ आर्क, रोमियो-जुलियट का 'थ्रि अयाक्ट प्ले' संरचनाहरुका विषयमा प्रशस्त गफ गर्ने एक कसिमका रोगी दर्शकहरु जस्तो मलाई लाग्दछ । तथापी तपाईले यिनीहरुलाई आते जाते, खान्ते पिन्ते, मञ्च दोसल्ला वा स-सम्मान बिन्ति हजुर गरेर तपाईको सिनेमा निःशुल्क दर्शन गराउन सक्नुहुन्छ ।

ड : डलर समूह, यस समूहलाई २ भाग मा विभाजन गर्न सकिन्छ, पहिलो समूहमा आफ्नो सिरीखुरी धितो राखेर विदेशमा पैसाका लागि 'ओटी' गर्नमा व्यस्त विचरा नेपालीहरु पर्दछन् भने दोश्रो समुहमा विदेशमा विदेशी सरह नै जीवनयापन गरिरहेको नेपाली र विश्व सिने दर्शकहरु पर्दछन्, शायद तपाईको सिनेमा हेर्न यी दर्शकहरु आतुर होलान तर तपाईले यी दर्शकहरुको सिनेमा-संस्कृति, रुचीका विषयवस्तु, प्रस्तुतीका शैली यावत कुराहरुमा व्यापक अध्ययन गर्नु र त्यस मुताविक तपाई वा तपाइको सिनेमा बनाउने प्राविधिक-कलाकारहरुलाई दक्ष बनाउनु पर्दछ ।

अब अर्को सवाल उठ्न सक्छ, सबै किसिमका दर्शकहरुलाई म मेरो एउटा सिनेमा देखाउन सक्दिन ?
संसारको कुनै पनि सिनेकर्मीले अहिले सम्म यस्तो किसिमको सिनेमा बनाउन नसके पनि तपाई एक पटक कोशीस गर्न सक्नुहुन्छ, तर सावधन - 'चोक्टा खान गाकी बुढी झोलमा .............
' नबनेस्!


Share/Bookmark

0 कमेन्ट गर्नुहोस:

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010