गजल
बिधा | { | गजल | @ | आचार्य प्रभा,हाल:बुल्डर,क्लोरोडा prabha.acharya999@hotmail.com |
कहाँ सुन्नु अब मैले बाँसुरीको धुन साथी ?
किन होला फिक्का लाग्छ पूर्णिमाको जून साथी? सधैं किन मनभित्र एक्लोपन बिझी दिन्छ
आउ अब संगै बाँचौ मिलीजुली पुन:साथी ।
मनभरी उदासिका छिटाहरु धेरै भए
दु:ख,सुख सरोबरी अब रोजौँ कुन साथी ?
पीडासँग रमाउन मैले जानी सकेँ आज
कैलेकंही तिम्लेपनी दु:खपीडा सुन साथी ।
मित्र भन्नु त्यहि मात्र जस्लाइ नै भर लाग्छ
तिमी नै हौ सच्चा साथ बिर्सन्न म गुण साथी ।

1 कमेन्ट गर्नुहोस:
कोसिश नै कर्तब्यको पहिलो मार्ग हो कोसिशमा छौं ,कोसिशमै लागौँ,कोसिश नै जीवन ठानौं ।
Post a Comment