(कबिता)... खबरदार..
बिधा | { | कविता | @ | सबी श्रेष्ठ, सिन्धुपाल्चोक,नेपाल |
हेर्दा हेर्दै नष्ट हुन्छ

बचाउ बचाउ बचाउ
भग्नाअबशेषहरुबाट
एकोहोरो हुटिट्याउको आवाज जस्तो
आहटहरु गुन्जिरहेछ
तर कसले सुन्छ????
????????????
छरपस्ट छन् लाशहरु
लाशहरुकै सिरानी
ए
बिकसित मुलुक
देख्यौ होईन?
हाईटीको हालत
थाहा पायौ होईन
प्रक्रितीसँगको चुनौति
तर
बिडम्बना
भोल्क्यानोको लाभा भित्र
हाइटीहरु नै पर्छ
सुनामीको छालहरुले
हाइटीहरुलाई नै तान्छ
भुकम्पको फाटोहरुमा पनि
हाइटिहरुनै छिर्छ
खबरदार
अब माल्दिभसका मालेहरु
उठी सके त्यो पिधबाट
नेपालीहरु जुटीसके
सगरमाथाको शिरबाट
कोपनहेगन पुगिसके
हरेक माल्दिभसहरु
हरेक नेपालहरु
त्यसैले खबरदार
अब
बिकासको नाममा
अरुको अस्तित्त्व मेटाउन पाउने छैनौ
फेरी
अर्को बिनाश नित्याउन पाउने छैनौ

0 कमेन्ट गर्नुहोस:
Post a Comment