यातनाको संस्कार"कविता"
बिधा | { | कविता | @ | बलदेव भट्ट"बिहानीजोगबुढा, डडेल्धुरा" हाल: सिंगापुर baldevbhatta@yahoo.com |
राता गुलाबहरु रातो कपालमा फुलाउदै
नया युग खोज्ने शुरुवाती सुरुंग
क्रान्तिमय रातो गाउँकी,
म पत्रकार टिका बिष्ट!!
युगबोध गराउन रातो माटो लिपेर
रातो छाती बोकेको स्वायत्त रुकुममा
बलिदानीको पाठबाट शुरु हुन्छ
नया परिकल्पनाहरु को भयावह यात्रा
त्यही रातो गाउँकी,
म पत्रकार टिका बिष्ट!
नसोध है कसैले किन उज्यालो बिहान संगै
मलाइ मसाल स्वरहरुले हरियाली डाँडाहरु तिर बोलाए,
किन हातका औंलाहरु चिरेर गीत लेख्न लगाए
देउता पनि ढुंगा मात्रै त हुन् पाषाण बस्तिहरुमा
रातै रगत चाहिन्छ यातनाको संस्कार लाइ
रगतबिहीन बनाएर भिरमै लड़ाइएकी,
क्रान्तिमय लेककी,
म पत्रकार टिका बिष्ट!
शान्तिको फिक्री नगर हजारौं सिन्दुरहरु पुछिएका इतिहासहरुमा
युगका पन्ना-पन्ना मा फलेका बिष-वृक्षहरु
सेता, काला र राता अक्षर बोकेर
खोज्दैछन जुगका काला ओडारहरु,
कानुनहिनता मा लंगडो मेरो देशमा
यत्ति जाबो रगत बगाउदा के नै हुन्छ र?
भोलि सबै दासताको सांग्लोमा बाँधिएर
अबिश्वासका चौताराहारू मा फूलमाला बोकी उपस्थित हुनेछौं,
भन्दैछु यसरि नै दुर-भूगोलकी,
म पत्रकार टिका बिष्ट!
कुनै जुग थिए काला बुटहरुले थिचिनु पर्थ्यो
आज आजादीमै भित्ताहरुमा निधार ठोकाईदैछन
समयको चिहान जिउंदै रहन्छ लेख्नेहरु को निम्ति
काला इतिहासहरुको देशमा काला फोसिलहरु भेट्टाइनुमा के आश्चर्य?
निहत्था आवाजहरु पराजयको घैंटोबाट तिर्खा मेट्दैनन
संगिनका पर्खालहरुमा मेरा आवाजहरु ठोकिएका छन
सक्छौ भने सुन अक्षरका उन्मादहरु,
लेख्दैछु पाषण प्रान्तकी,
म पत्रकार टिका बिष्ट!
खोपी बाटै पुजा खोज्ने एकहुल देवताहरुको अन्त्य
इतिहासले भर्खरै मात्रै हाम्रै अगाडी देखाएको छ,
निर्लज्ज आरति गर्दैनन् कलमका सारथिहरु
अक्षता नखोजे हुन्छ नास्तिकहरुका बस्तिमा
भक्तबिहीन बस्तिका खोपीका देवताहरु हो !
चुपचाप आगो हेरी बसे हुन्छ,
कलमहरु पानि मा आगो लगाउदै छन
समुल बिनाशको बिजारोपण गर्न,
न्यायिक सामाजको सिर्जना गर्न
फेरी पनि कोर्ने छन कालो बादलको आकृतिहरु
दुर-गाउँ बाट
पत्रकार टिका बिष्ट हरु!!

0 कमेन्ट गर्नुहोस:
Post a Comment