सिर्जना एउटा साहित्यको,सिर्जना एउटा प्रयोगको,सिर्जना एउटा आफ्नोपनको|नेपाली भाषा र साहित्यको उत्थानको लागी एउटा सानो प्रयास हाम्रो । सुचना र प्रबिधिको यो २१ औ यूगमा इ-साहित्यले संसारका हरेक कुनामा आफ्नो भाषा र साहित्य सँग परिचित गराएको स्थितिमा,हाम्रो आफ्नो नेपाली कला,भाषा,संस्कृती र साहित्यको उत्थान र बिकाशको लागी यो ब्लगको निर्माण गरिएको हो| थोपा थोपा मिलेर नदि,नदि नदि मिलेर समुन्द्र अनी समुन्द्र,समुन्द्र मिलेर सागर बनेझै हाम्रो सानो प्रयास थोपाको रुपमा नै भए पनी, नेपाली साहित्यिक क्षेत्रमा टेवा पुर्याउनु हो | विश्व साहित्यले धेरै गती लिइरहेको स्थितीमा हाम्रो नेपाली साहित्य राम्रो भएर पनी प्रचार प्रसारको कमीले गर्दा अझै सतहमा नै रहेको छ| त्यसैले हाम्रो आफ्नो कला.साहित्य र सस्कृतीको जगेर्ना र प्रचार प्रसार गर्नु नै हाम्रो ब्लगको प्रमुख उधेश्य हो |पहिचान हाम्रो आफ्नोपन को,परिचय हाम्रो सस्कृतीको,प्रचार हाम्रो साहित्यको| |
"आउनुस अब केही गरौ,हातमा हात मिलाएर अघी बढौ" तपाईहरु को सानो सानो सहयोगले पनी नेपाली साहित्य लाई विश्वसामु चिनाउने छ ...........
जय भोले !
-
आज शिवरात्री। अचानक आजै मनमा एउटा शिव भजन लेख्ने रहर जाग्यो र लेखियो पनि।
केही नयाँ प्रयोग गर्ने मुडमा हरेक पाउमा सकेसम्म एउटै वर्गका अक्षर-वर्ण
प्रयोग ग...
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
Jumpstarting Your Blog
-
You finally got up the courage to start your own blog. You got yourself a
nice theme for your Word Press blog, got a domain, and voila: your very own
blog....
मंत्रमा सम्पुट प्रयोग
-
गायत्री मन्त्र को आसपास केही बीज मन्त्र को सम्पुट लगाउने विधान मा
लेखियको छ ! जस्ले विशिष्ठ कार्यको सिद्धि प्राप्त हुन्छ ! बिना सम्पुट
ले...
[[...
जीवित श्रीमानकी बिधुवा पत्नी
-
मेरो सानो आखाको नानीमा नै अटाउन सक्ने सानो गाउ छ | जुन माटोमा मैले आफ्नो
लर्बराउदै गरेका खुट्टाहरुलाई बमेसर्दै टेक्न सिके ,यहाँ नै म रमाय , यहा नै
खेले अन...
हरितालीका तीज ब्रत कथा
-
हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा
तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको
परम्पर...
मेरो शब्द – मेरो गीत
-
सम्झनाको मेरो आगनमा, नाच्ने तिमि को हे भन्?
जति फर्काऊ भन्छु त्यति, तानिदै छ पागल मन
सधै आउछौ सम्झनामा, राखु त्येस्तो ठाउँ छैन
भुलु भन्छु सधै भरलाई, भुल्न...
ठीक यतिखेर भने
म पनि केही न केही नलेखी रहन सक्दिन ।
जब कि-
अखबारमा साभार छ
उहीँ निरो र बाँसुरीको कथा
प्रेमीहरु लेखिरहेछन्
खिर्राको पातमा तप्तप्…।
आजीवन ट्राजेडी
आँखा चिम्लेर सिपाहीहरु लेखिरहेछन्
गृहयुद्धको दैनिकी
न्यायाधीसहरु- ल्यापटपमा लय मिलाइरहेछन्-श्रृङ्खलामय फाँसीको
भने
मसमेत केही न केही लेखिरहेको छु ।
विक्षिप्त केही संवेदनाहरु
जिजिविषाबाट राजीनामा-पत्र लेखिरहेछन्
डाँकुहरु लेखिरहेछन् शान्तिको प्रतिवेदन
रङ्ग्याएर उल्टो झुण्ड्याएका छन्-
बच्चाहरुले प्यारो देशको कार्टुन
जासुसले नोट गर्दैछ ठीक यतिखेर
'व्ल्याक लिस्ट'मा मेरो नाम
भने
आफैँ अनुमान गर्नुहोस्
म के लेखिरहेको छु-
धर्तीमा कोरिएका छन्-
जसरी नदीहरु गोरेटाहरु नागबेली
जस्तो किसानले पट-बाँझोमा
'भर्जिन' धर्का तान्छ हलोले
चट्ट्याङ पर्दा कस्तरी क्षितिजमा
युगीन दस्तखत गर्छ-बिजुलीले
जरुर म केही न केही लेखिरहेको छु
नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका
नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |
0 कमेन्ट गर्नुहोस:
Post a Comment