बगाई लग्यो गैरीखेत (गीत)
दिपक कथित्
dipak.shrestha@ntc.net.np
पठाएको तिम्रो खबर नसुनेको हैन
बगाई लग्यो गैरीखेत नथुनेको हैन ।
पर्दैछौ रे पापीजालमा यस्तो पनि सुन्छु
नजानुथ्यो पराइदेशमा सम्झीसम्झी रून्छु
तिम्लाई छेक्न माछीजाल नबुनेको हैन
बगाई लग्यो गैरीखेत नथुनेको हैन ।
डर लाग्छ आफैलाई बगाउने पो हो कि
सोध्ने गर्छु -'कहिले आउँछौ हाम्रो माया बोकी'
आफ्नै घर बनाऊँ भन्ने नगुनेको हैन
बगाई लग्यो गैरीखेत नथुनेको हैन ।

0 कमेन्ट गर्नुहोस:
Post a Comment