" चार गेडी |"
बिधा | { | गेडी | @ | किरण टी लिम्बु Grays, kilix06@gmail.com |

जुन-तारा झर्दैन, आशा कैले मर्दैन |
च्यान्टी हुँदा साथमा, अरु मन पर्दैन ||
पक्कै हो !
च्यान्टी सित मक्ख भ'कै हो || --------------------------
२.
फुलै फुल्यो बनमा, खुसी झुल्यो मनमा ।
नशालु ति आँखाले, बैँश घुल्यो तनमा ||
तनमा ?
भन च्यान्टी,के छ मनमा ? --------------------------
३.
तारा-जुन गगन, कैले हाम्रो लगन ?
च्यान्टी मेरी दुलही, भो-भो दिन नगन ||
गन्छ्यौ कि ?
आई लभ यु पो भन्छ्यौ कि ?--------------------------
४.
रात संगै निदाएँ, घाम संगै उदाएँ |
प्रेमरुपी पाङग्ग्रा, आजीवन कुदाएँ ||
गुडाएँ !
च्यान्टीलाई टिपी उडाएँ ||

0 कमेन्ट गर्नुहोस:
Post a Comment