.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Wednesday, June 16, 2010

कविता: अंश


बिधा                
{
 @
सिमा आभास , काठमान्डौ,नेपाल 
cma.avas@gmail.com


लिएको पनि यही हो 
दिने पनि यही हो 
अंश लैजानु 
यी सबैसबै… 

दुम्सीले माडेको फापरबारी 
बाँदर लागेको मकैबारी 
पछ्यौरीले छोपेको 
सोलीको कोदाको बीउ 
आँगनको कुखुराको खोर 
बुन्दाबुन्दै छोडेको डोको 
एकमुठी सुकेका चोया 
खेतमाथि बगेकेा बाढी 
घरपरतिरको खहरे 
रित्ता किला दाम्ला 
लैजानु 
भूतले तसा्रउने खोल्सो 

लाहुरे हजुरबाले कमाएको भित्तेघडी 
हजुरआमाले सिन्दुर टीका गर्ने बिर्केऐना 
बाँसको काँइयो 
लैजानु 
गोल्चे लगाएको सन्दुसमा 
पूखार्देखि लुकाएका अभाब 

बर्षौंदेखि बगेको पसिना 
छानोमाथि फैलने बादलको टुक्रा 
बूढो आँपको रुख 
बल्न नपाएको अँगेनो 
भरिन नपाएको गाग्रो 
काँक्राफसर्ी बेरिन नपाएका थाङ्ग्रा 
उठाएर लैजानु 
पानी नतर्ने घरको धुरी 

करेसामा रोपेको घामफूल 
बार्दलीमा झुण्ड्याएका 
सयपत्री र मखमलीमाला 
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा 
सोली र फीपी 
खुर्पा र कोदाली 
पूर्खाले आर्जेका दुःख 
लैजानु 
हिँड्दाहिँड्दै थाकेको गल्ली 

मैले लिएको पनि यही हो 
मैले दिने पनि यही हो 
अंश लैजानु मसँग भएका 
यी सबैसबै


Share/Bookmark

0 कमेन्ट गर्नुहोस:

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010