नचिनेरै परिचित(गीत )
कृष्ण अन्जनी श्रेष्ठ
दुइपिपल ६ नुवाकोट
priyasiheart@hotmail.com
अनायसै भेट्यौँ हामी अपरिचित सम्बन्ध त्यो
मधुर मुस्कान छरिदियौ नचिनेरै परिचित भो !
सम्झनाले छुन्छ मलाई आउन मन लाग्छ समिप
बैंशालु मन तान्यो मेरो उनको माया मोति जडित
मग-मगाउँदै फुल्यो माया हिजोसम्म कोपिलै थ्यो
मधुर मुस्कान छरिदियौ नचिनेरै परिचित भो !
लुकी छिपी तिम्ले मलाई हेर्दि रहिछौ चियाई-चियाई
भुल्न गाह्रो भयो मलाई मनमा गड्यो तिम्रो हेराई
नहेरे झैं हेरिरहें तिम्रो रूप जवानी त्यो
मधुर मुस्कान छरिदियौ नचिनेरै परिचित भो !
अनायसै भेट्यौँ हामी अपरिचित सम्बन्ध त्यो
मधुर मुस्कान छरिदियौ नचिनेरै परिचित भो !!

0 कमेन्ट गर्नुहोस:
Post a Comment