म पातल भासिंदैछु भाग (१) र (२) !!!!
बिवश बिप्र
alonemadhab@gmail.com
म पातल भासिंदैछु ---- भाग (१)
रेगिस्तानी डामहरु आलो छँदा-छँदै
समयका अक्षाँशहरुले कोल्टे फेरेपछि
आकाशको इशानकोणमा
तडिल्लतासँगै
चम्कने दोश्रो ध्रुबतारा म,
आज,
पाताल भासिंदैछु !!
क्रौन्चजस्तो
अवीरल
चिरविर गरिरहने
अकण्टक,
अतन्दृत,
अनि बिश्रुत म,
निस्तरंग अंगारिकाहरुमा
तरंग खोज्ने पाषक म,
आज,
पातल भासिदैंछु !!!
न म गुल्मवल्ली हुँ !
न त अकाल कुसुम नै,
म त करिषाग्नी पो हुँ !!
बलिरहन्छु,
जलिरहन्छु,
त्यसैले,
जिबित पापहरुको धुक-धुकी छाम्दै
कंकालको आगो ताप्न म,
आज,
पाताल भासिंदैछु !!!
म पातल भासिंदैछु ----- भाग (२)
चर्मचच्छुहरुको दृष्टी परिरहने मनोरमा म !
करोडौ आँखाहरुले बिक्षण गरिरहने मानसी म !
स्व-लज्जा को रक्षार्थ संघर्ष गर्दा गर्दै म !
आज,
पाताल भासिंदैछु !!!
कली जन्मदैछिन,
बिश्वमृत्युको जंजीर बोकेर !
त्यै कलीको प्रतिस्पर्धी सत्य भार्या हुँ म !
त्यसैले,
प्राणोत्सर्ग पूर्व पुन:
एक धर्तीको जन्मार्थ म,
आज,
पाताल भासिंदै छु !!!
जननी म !
जनक म !
नर म !
नपुंशक म !
श्रीष्टी म !
अनि,
गोचर म !
यसकारण....
जैवीक अबयबहरुको पथ बिचरण गर्दा-गर्दै,
समधिक लासहरुको विचबाटै म,
आज,
पाताल भासिँदैछु !!!!
रेगिस्तानी डामहरु आलो छँदा-छँदै
समयका अक्षाँशहरुले कोल्टे फेरेपछि
आकाशको इशानकोणमा
तडिल्लतासँगै
चम्कने दोश्रो ध्रुबतारा म,
आज,
पाताल भासिंदैछु !!
क्रौन्चजस्तो
अवीरल
चिरविर गरिरहने
अकण्टक,
अतन्दृत,
अनि बिश्रुत म,
निस्तरंग अंगारिकाहरुमा
तरंग खोज्ने पाषक म,
आज,
पातल भासिदैंछु !!!
न म गुल्मवल्ली हुँ !
न त अकाल कुसुम नै,
म त करिषाग्नी पो हुँ !!
बलिरहन्छु,
जलिरहन्छु,
त्यसैले,
जिबित पापहरुको धुक-धुकी छाम्दै
कंकालको आगो ताप्न म,
आज,
पाताल भासिंदैछु !!!
म पातल भासिंदैछु ----- भाग (२)
चर्मचच्छुहरुको दृष्टी परिरहने मनोरमा म !
करोडौ आँखाहरुले बिक्षण गरिरहने मानसी म !
स्व-लज्जा को रक्षार्थ संघर्ष गर्दा गर्दै म !
आज,
पाताल भासिंदैछु !!!
कली जन्मदैछिन,
बिश्वमृत्युको जंजीर बोकेर !
त्यै कलीको प्रतिस्पर्धी सत्य भार्या हुँ म !
त्यसैले,
प्राणोत्सर्ग पूर्व पुन:
एक धर्तीको जन्मार्थ म,
आज,
पाताल भासिंदै छु !!!
जननी म !
जनक म !
नर म !
नपुंशक म !
श्रीष्टी म !
अनि,
गोचर म !
यसकारण....
जैवीक अबयबहरुको पथ बिचरण गर्दा-गर्दै,
समधिक लासहरुको विचबाटै म,
आज,
पाताल भासिँदैछु !!!!

0 कमेन्ट गर्नुहोस:
Post a Comment