गेडी
बिधा | { | @ | मनु लोहोरुंग ,शित्तलपाटी-६,संखुवासभा, हाल: ईजरायल |
दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु,मन्को मूलैमा
गेडी (२)
उकालोमै भए'नि,बग्दै जान्छु खोली झैं
जीवनको गोरेटो, बनाउँछु होली झैं
यो मन,
पार्दिन म, अब दोमन
गेडी (३)
चौबन्दीको तुनामा, चाँपै फूल फुलेको l
मुहारमा उनैको , सुनाखरी झुलेको l
को हो नि ?
रुपै देखें, लाग्यो मोहनी l
गेडी (४)
पान्को बुट्टा हालेको, ढाका टोपी शिरैमा
ढल्काएर हिंडेको, फेदीखोला तीरैमा,
देखेको,
दुवालीमा, माछा छेकेको l

0 कमेन्ट गर्नुहोस:
Post a Comment