.

नमस्कार यहाँ लाई स्वागत छ हाम्रो साहित्य सिर्जनामा .

यस ब्लगमा खोज्नुहोस्...

Tuesday, June 15, 2010

"भावनात्मकता"


बिधा        
{
कथा
 @
आचार्य सुबिसुधा, काठमान्डौ,नेपाल
acharyasubisudha@yahoo.com



चाँदनीपुर गाउँको पश्चिम उत्तर पाखामा रहेको एउटा ठूलॊ माछापालन पोखरीमा डाँडातिर लुकामारी गर्दैरहेको सूर्य्रबिम्ब छताछुल्ल पोखिएर पोखरीको पानी नै अबिर घोलिएजस्तो रातो भइरहेको थियो । पोखरी भन्दा ठीक आधा किलोमिटर माथि ढुङ्गाद्वारा निर्मित हिटी थियो जहाँ चाँदनीपुर गाउँ रुक्मानबस्ती र मगरटोलका बासिन्दा खाने पानी भर्न आउँथे । यसअर्थमा पनि चहलपहल भैरहन्थ्यो उक्त हिटीमा । थुम्कीबजार जानेहरु र बेसीबाट आउनेहरुको बिश्राम स्थल पनि थियो त्यो हिटी । पोखरीको उपल्लो भागमा रहेको टुनीका रुखहरु लाम्चालाम्चा छायाँ बनेर हल्लिरहेका थियो पोखरीको पानीमा । 
साँझको निम्ति पिउने पानी लिन गएको स्याबाजा पानीको पालो पर्खर्दै पोखरीको डिलमा उभिएर हेर्दै थियो माछा खेलेको । कताबाट हो कुन्नि आँधीबेहेरी जस्तो हुत्तिएर सानी स्यावाजाको खुट्टामा छाँद हाली रुन कराउन थाली सानीको पिठ्यूमा बोकेको कल ऊसँगै कोल्टे परिरहेको थियो भुइँमा ढल्किएर । ूस्यावाजा ! म ववार्द भएँ लुटिएँ खोसिएँ चौटा र लाम्टा भएँ पापी राक्षस पाखण्डीले मेरो सर्वस्व हडप्यो म जिउँदो लासमा परिणत भएँ अब बाँच्नु र मर्नुमा कुनै अन्तर रहेन यो गाउँमा बसिसक्नु र खपिसक्नु भएन ।ू सानी आफ्नो दुवैहातले मुख छोपेर क्वाँ…। क्वाँ…।रुन थाल्छे । 
स्यावाजाले कल झिकेर भुइँमा राख्दै उठायो सानीलाई आफ्नो पाउँबाट ूकिन के भयो र सानी यसरी घात गरेकी छस् म तँलाई नै पर्खदै थिएँ यो ठाउँमा ।ू आँखाबाट झरेका मोतीका दाना गालाबाट तप्कदै गर्दा आफ्ना दुवैहात लगाएर पुछिदियो स्यावाजाले । सानी झन डाँको छोडेर रोई्र स्यावाजालाई अँगालो मार्दै सानीको मुहारभरी काँडाले कोतरेका जस्ता राता धसा्रहरु थिए बनका पोथ्राले लुछेकाझैँ कपाल सबै अस्तब्यस्त अबस्थामा साथै आङको ब्लाउज ठाउँठाउँमा च्यातिएर झुम्कना निस्केका कुनै बाली रुङ्न बनाइएको बुख्याचालाई भिराएको थोत्रा कपडा जस्तो । गुलावको फूल जस्तो रातो आँखामा आँसु फेवा बनेर टलपलाईरहेको तुसारोको बर्को ओढेर हिउको डसनामा सुत्दाको झैँ अजिवको कम्पन थियो सानीको शरीरमा । ऊ केही बोल्न सकेकी थिइन । 
उसैले लगाएको धोतीको सप्को तानेर आङ ढाकिदियो स्यावाजाले सानीको सानी उसको छातीमा लपक्क टाँसिएर सुकसुकाइरही । चीसो बतास सिर्रसिर्र चल्यो र अङ्कमाल गर्दै गयो उनीहरुलाई्र सानीको पीडामा मुकदर्शक बनेको घाम माने डाँडाबाट बादलको चस्मा लगाएर बिदाइको हात हल्लाउँदै ओझेल पर्यो । टुनीको डालीमा बसेर धोबीने चिरबिरायो आफ्नै सुरमा हुनसक्छ सानीको समस्या पीडा र बेदनाको नालीबेली लगाउँदै थियो स्यावाजालाई । 
केही समयपछि कुन्नि के सोचेर अकस्मात झस्कदै शिर उठाई सानीले स्यावाजाको छातीबाट । उसको रुवाइका छाल ठप्प रोकिए र समुन्द्रझैँ शान्त बनी ऊ ओठहरु पुष-माघको जाडोमा हिउँसँग लाप्पा खेलेको बेला जस्तो गरी थर्थराई रहेका थिए । ऊ केही भन्ने आफ्नो मुख फट्याउन चाहन्थि तर अनायासै हावाको झोकासँग उडेर आएको फेबिकोलले उसका ओठहरु टाँसिन्छ लपक्क यस्तै अनुभव भयो उसलाई्र । रुझेका परेली उठाएर पटक पटक हेर्छे स्यावाजालाई र फेरि नजर माने डाँडामै लगेर जोत्छे । उसको यो असहज परवेस चुपाचाप नियाली रहेको थियो स्यावाजाले । थचक्क भुइँमा बस्छे नजिकैको बन्माराको मुन्टा हातले स्वार्र स्वरकाउँछे र फ्याक्छे पोखरीको डिलमा । ऊ असाध्यै बेचैनी भएको कुरा शारीरिक हाउभाउबाटै थाहा पाउँछ स्यावाजा । 
ूस्यावाजा ! आज म बिटुलो भएकी छु रनेले आफ्नै घरमा कपडा सिलाउन बोलाएर मेरो कुमारीत्वमाथि होली खेल्यो । अब म मुख देखाउन कहिकी नरहने भएँ ।ू रुवाइको हिक्कालाई पैतलाले सुस्तरी कुल्चदै भन्छे सानी । उसको मुहार उदास निन्याउरो र निरास बन्यो । 
ूसानी ! यो त के भन्दैछस् के रनेले त्यस्तो कुकार्य गर्यो एउटी छोरी समानकी केटी माथि ू स्यावाजा दारा टोक्दै बसेको ठाउँबाट जुरुक्क उठ्यो मुठ्ठी कसेर उसका पाखुराका मशलहरु कररम्म बटारिए भीरको बाबियो बटारिएझैँ । क_िन्सरीका रौंहरु जुरुक्क उठ्यो साँपका फन जस्ता भएर । उसको आँखाबाट रीसको हस्को स्वार्र निस्कियो महादेवको त्रिनेत्रबाट निस्केको ज्वालाझैँ । ऊ आफू दुई्र पाइला अघि सर्यो उभिएको स्थान छाडेर । 
ूपर्ख स्यावाजा ! तिमी कहाँ जाँदैछौ ू सानीले हातमा समातेर रोकी । 
ूनरोक सानी आज मलाई्र ममा अनायासै भूत सवार भएको छ रनेको टाउको गिडिदिन्छु शरीरबाट के सम्झन्छ त्यसले आफूलाई्र कलियुगको कृष्ण कृष्णले त जबरजस्ती गरेका थिएनन् भने त्यो को हो र अरुको इज्जतसँग खेलवाड गर्ने अधिकार छैन त्यसलाई्र । म सिध्याइदिन्छु धर्तर्ीबाट त्यसको अस्तित्व मेटाएर नारी भनेको धर्ती हो आमा हो जस्ाले नारीको इज्जत गर्न जान्दैन त्यसलाई्र धर्तीमा भार भएर बाँच्नुको कुनै हक छैन ।ू सानीले समातेको हात जबरजस्ती झट्कारेर फुत्काउन खोज्छ ऊ । 
ूहेर ! स्यावाजा त्यो तिमीले सोचेजति मुर्ख पनि छैन र भुलक्कड आफ्नो सामान बोकेर सहर छास्सियो अघिनै यतिबेला मेघौली खोला तरेर पनि बस समातिसक्यो होला । के गर्छौ तिमी त्यो रित्तो घरमा गएर ू शिर झुकाउँदै दबिएको आवाजमा सानीले भनी । 
कस्सिएको मुठ्ठीले आफ्नै हातमा हिर्काउँदै लामो सुस्केराको साथ बोल्यो स्यावाजा- ूतँ पनि मान्छे त्यस्तै छस् सानी राँडो मान्छे बसेको घरमा एक्लै कपडा सिलाउन किन जानु परेको बाबु थिए उनी गएको भए पनि हुन्थ्यो फेरी बहिनी वा आमालाई साथमा लान सक्दैन थिइस् ू सानीको टाउको निहुर्यो मानौं रनेको घरमा ऊ रहरले गएझैं गरेर अघोर लाज र शर्मले गाउँमा मुख देखाउन गाह्रो पर्ने भयो भनेझैँ उसको मुहार कालो निलो भयो । केही समयको लागि रोकिएको अविरल आँखाबाट झरेका बर्षा फेरि वर्षन शुरु गर्यो । 
ूत्यो रनेलाई्र त्यसै दुस्ताज्य गर्न नहुने हो ऊ त उछार छोपेर भागी पो सकेछ ।ू स्यावाजाले टाउको कन्याउँदे भन्यो । 
ूम रहरले आनन्द र हर्षको दुबोमाथि पैताला ओच्छ्याउँदे कहाँ गएकी थिएँ र त्यहाँ स्यावाजा बाध्यता थियो त्यो मजबुरीको विवशता थियो त्यहाँ गरिबीको र सवाल थियो बाबाको विस्वसनियताको । बिडम्वना पीडा र ब्यथाको बालुवा थुपि्रयो मेरो टाउकोमा कलङ्कको झण्डा फरफरायो स्वच्छ अस्मिता माथि बिधुवाको सारी जस्तै सुकायो मेरो कुमारित्व हावामा फहराउन अनि मरुभूमीमा बदलियो मेरो रहरहरु ।ू ऊ हिक्का छुटाउँदै रुन थाली । 
के गरौ र कसो गरौले कोपर्यो चिथर्यो अनि चौटा र लाम्टा बनायो स्यावाजालाई असाध्यै सहन गाह्रो पर्ने पीडाले चुस्न थाल्यो भित्र कताकता नदेखिने ठाउँमा । लामो स्वास तान्दै- ूजे नहुनु थियो त्यो त भैसक्यो ऊ एक यात्री बनेर तँ माथी अन्तरघात गर्यो सानी जीवनका मोडहरुमा कुनै बखत अनायासै घट्छ दुर्घटनाहरु हो तँ पनि एउटा ठूलॊ दुर्घटनामा परिस् निस्ठुरी पापी राक्षसको क्षणिक प्यास बुझाइ दिनका खातिर । यसमा तेरो के दोष कतिपय कुराहरु यस्ता हुन्छन् दिमागको सन्दुकमा फलामको भोटे ताल्चा मारेर सोचाइको रेशमी रुमालले छोपी राख्नु पर्छ कहीँबाट सूर्य्रको प्रकाश छिर्न नपाउने गरि ।ू 
ूतिमी के भन्दै छौ स्यावाजा आँखामा बिझाएको बालुवा पो सारीको एक छेउले पुछेर फाल्न सकिन्छ मुहारमा लागेको हिलोलाई पानीले पखाल्न सकिन्छ तर अस्मितामा लागेको कालो कलङ्गको धब्बा पखाल्ने संसारमा न कुनै पानी छ न त एसिड नै ू 
ूहो तँ त्यही कुरा बुझ्दिनस् लाटी कसलाई्र थाहा छ यो घटना तँ म र त्यो राक्षस रनेलाई्र बाहेक । अस्मितामा लागेको दागलाई गुपचुपको एसिड खन्याएर मेट्न सक्नुपर्छ । यस्ता घटनाको तँ मात्र हैन गाउँका धेरै चेलीहरु शिकार बन्ने गरेका छन् । तर त्यो सबै पृथ्वीको गर्भमा निर्लिप्त हुन्छ । नारी धर्ती हो आफू माथि आकास खसेपनि थाम्न सक्छे । हो सानी यो घटना आजबाट तेरो दिमागमा उब्जने छैन । मानांै तँ रनेको घरमा कपडा सिलाउन गएकी नै थिइनस् र तैले रनेलाई्र चिन्दै चिन्दिनस् ।ू 
ूतर स्यावाजा के यो सम्भव छ र ू अलिकति आक्रोसित बन्दै सोध्छे सानी । 
ूसंसारमा असम्भव भन्ने कुनै कुरा छैन । समयको तुफान चल्दा तातो बालुवाको वबण्डर उठ्छ अनि सारा वर्तमानका यावत घटना अतीतको गर्भमा टाँसिन्छ लपक्क वरको चोपले धुलोका कणहरु टाँसिए जस्तै । तँ हामीले त्यसलाई उप्काउने वा कोट्याउने चेस्टा भने गर्नु हुन्न ।ू लामो स्वास तान्दै भन्यो स्यावाजाले । 
उज्यालोका बिम्बलाई अँध्यारोको छायाँले छोप्दै थियो सारसलेझैँ आफ्नो लामो गर्धन तन्काएर यताउता नियाल्दै हेर्यो स्यावाजाले बसेको ठाउँबाट जुरुक्क उठेर केही सम्झिएझैँ-ूहेर सानी ! अब त रात झपक्कै पर्न लाग्यो तँ घरमा जा फेरि तेरो आमा कौलासन बेर छैन । यस बिषयमा सुइँकोसम्म घरकालाई नदिनु भोलि हामी यहीँ वा कतै भेट्ने छौ ।ू भुइँमा राखेको कल उचालेर सानीलाई बोकाइदिदै बोल्यो स्यावाजा । आफ्नो आँखामा टलपलाएका आँसुलाई्र धोतीको सप्काले पुच्दै चुपचाप बाटो लागी सानी । 
पोखरीको डिलबाट बिस्तारै सानी ओझेल परेपछि लामो श्वास तान्दै हिटीतर्फ लाग्यो स्यावाजा । कुन्नि कस्ाले उसको पानीको गाग्रो भरिदिएछ । पानी भरिएको गाग्रो काँधमा बोकेर लामा लामा फट्का सार्दै घरतर्फ लाग्यो ऊ हात्ती लम्केझैँ अनन्त पाइला अगाडि सार्दै 
साँझको खानाखान लाग्दा जन्मेदेखि रुचाएको मनपराएको मरिहत्य गर्ने माछाको भुरा तारेको छर्दाछर्दै पनि भातको गाँस घाँटीबाट पटक्कै तल झर्न मान्दैन स्यावाजाको । छोराले भातखान आलोटालो गरेको देखेर उसकी आमा फतफताउँछिन् । 
ूके भाछ के आजभोलि यसलाई्र भात निल्न पटकै रुची गर्दैन दुधसँग खान्छस् त ू दुधको कुडेबाट एक डाडु दुध उचाल्दै बोलिन् । 
ूभैगो मलाई्र भोक छैन ।ू भातको थालमै खलल पानी खनाएर हात चुठी लाग्यो कोठातिर । कोठामा पुगेर टुकी जगायो भित्रभित्र कटकट दुख्न थाल्यो अदृष्य घाउ उसले सानीलाई सम्झियो । 
ूबिचरीको एक महिनामा विवाह हुँदैछ । विवाह पूर्व नै सुहागरात मनायो गधाले के सोचिरहेकी होली बिचरी कतै उसको भावी पतिले विवाह पश्चात् यो घटना थाहा पाएर अस्वीकार गर्ने त हैन घरगृहस्ती र जीवनबाटै यदि यस्तो भएमा के हाल होला सानीको के गर्ली उसले दविएका तनहरुलाई्र संगालेर थिचिएका मनहरुलाई्र उचालेर कस्दै उचाल्दै गगनतिर पाईलाहरुलाई्र आजादी पथमा चलाउँदै लुटिएको अस्मिताको बिरुद्ध आवाज बुलन्द गर्न सक्ली सानीले ू 
ूहैन हैन यसो गर्न गाह्रो पर्छ उसलाई्र । समाज सबै एकापट्टि लाग्ने छ ऊ बिचरी एक्लीले समाजको भार थाम्न सक्ने छैन । यो घटना हामी आफैंमा गोप्य राख्नुको नतिजा भयानक सुनामी पनि बन्न सक्छ । के थाहा भोलि रनेले अर्की सानीको कुमारीत्वसँग होली मनाएर यसरी नै लापत्ता हुन पनि सक्छ । भनिन्छ अन्याय गर्ने भन्दा सहनेको ठूलॊ अपराध हो । भोलि वास्तबिकता उदाङ्गो भएर सानी घरको न घाटको हुनु भन्दा त्यो रनेलाई्र नै गरेको पापको नतिजा भोगाउनु पर्छ । बलात्कारको हर्जना सहित उसैलाई्र जिम्मा लगाएर । गाउँकै मान्छे हो सानी माथि अन्याय अत्याचार गरे हामी भै हाल्छाँै । हो भोलि सानीलाई भेटेर यही कुरा भन्छु । सानीको बाबु आमा गाउँका भलाद्मी सबैलाई्र भेला गराएर रनेलाई्र सहरबाट झिकाएर यो कुराको टुङ्गो लगाउनै पर्छ । पापी राक्षसलाई्र कहाँ त्यसै छोड्नु ।ू 
सोचाइका सगरमाथाहरु मनको फेदीबाट शिखर चढ्दै थियो स्यावाजाको । हुन त सानी आफन्ती पनि होइन नत नातेदार तर पनि स्यावाजा र सानी सँगै जन्मे सँगै हुर्के सँगै पढेर बने एक अर्काका निकटतम मित्र भावनात्मक साथी । गाउँ समाजमा परिवर्तनको सानै भएपनि झिल्को छरिइ सकेको थियो । बिदेशी प्रोजेटले दलितको छोराछोरीलाई निःशुल्क शिक्षा प्राप्त गर्ने अबसर मिलाई दियो । त्यहीँ अवसरको उपलब्धी हो सानीले एस। एल। सी परिक्षा दिन पाउनु । 
गाउँमा केटाकेटी अरु पनि थिए । साथी सँगी दौतरी र मित्र थुपै भए तर स्यावाजा र सानी मात्र एक यस्ता असल मित्र बने जसको मित्रता कृष्ण र सुदामासँग तुलना गर्न सकिन्थ्यो । यति सम्मकी एक अर्कामा साना भन्दा साना सुखदुःख आदान प्रदान हुन्थे । सायद यसै भएर पनि सानीमा आइपरेको दुर्घटनाले ससङ्कित बन्यो स्यावाजा । 
भोलि पल्ट अबेरसम्म निदायो स्यावाजा रातभर छटपटी र सोचाइमा उग्राउँदा ढिलै लाग्यो होला आँखा उसकी आमाको गनगनले टुट्न गयो निन्द्राको लहरो आँखा मिच्दै चोटाबाट झरेर आँगनमा निस्कदा उसको बाबु बकाइनाको ससाना हाँगा छिमलीरहेको थियो केरा गभाउनको लागि । पालीको खाँवोमा झुण्डयाएको रेडियोले फुक्यो सातबजेको समाचार । 
समाचार भट्याउँदै जानेक्रममा ूहिजो बेलुका भैरहवाबाट काठमाडौ जाँदै गरेको बा। १ ।ख ३३४५ नम्बरको रात्रीबस जोगीमारामा एउटा ट्रकसँग ठोक्किएर पल्टिदा तीनजनाको मृत्यु घटनास्थलमै भएको छ भने पन्ध्रभन्दा बढी सशक्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा रुक्मानबस्ती………………का ३८ वर्षीय रनबहादुर खत्री……… 
स्यावाजाले यो भन्दा बढी सुन्न सकेन ूथुक्क पापी पाप धुरीबाट कराउँछ भनेको यही यो आखिर कालले बल्छी थापी हालेछ ।ू ऊ भुतभुताउँदे थियो । 
उसको बाबु- ूहैन कसको पाप धुरीबाट कराउँछ भन्छ यो छेऊ न टुप्पोको कुरा गर्छ म पटक्कै बुझ्दिन भनाइको तात्पर्य ।ू ध्याम्पोमा केरा गहवाउन तलगाउँदै बोल्यो । 
ूकेहि हैनू कुरा चपाउँदै मुख धोएको पानीको अम्खरा पिडीको डिलमा नै राखेर बाटो लाग्यो स्यावाजा । 
हतार हतार सानीको घरतिर हान्निदै थियो स्यावाजा । सानीलाई बाटैमा भेट्यो-ूतैले थाहा पाइस् सानी कुर्कम गरेपछि त्यसको फल तुरुन्तै भोग्छ मान्छे कलियुगमा भन्थे हो त रैछ नि बाबै ।ू एकै स्वासमा ओकल्यो आफ्नो भनाइ । 
ूतिमीले के भन्यौ मैले त बुझिन है ू कान्लाको सिरुलाई्र हातले उखेल्दै बोली सानी । दायाँबायाँ यताउति पल्या पुलुक हेर्दै- ूउ क्या त रने हिजो तँ माथि अत्याचार गरेर भाग्ने भैखाथ्यो बस दुर्घटनामा परेर मर्यो भर्खर रेडियोले समाचारमा भनेको ।ू 
सानीको कानैमा गएर फुसफुसायो स्यावाजा । 
ूहैन होला ू नपत्याए जस्तो गरी सानीले । 
ूसत्य सत्य मोरी म भर्खर सुनेर आउँदै छु बुझिस् अब त्यो राज तँ र ममा मात्र सिमीत रहने भो भैगो त्यो कुरालाई दिमागबाट हटाइदे ।ू 
केही बेर सम्झायो सानीलाई स्यावाजाले सानीमा न उत्साह न चिन्ता नै देखापार्यो त्यो समाचारले । ऊ पानीको सतहजस्तो बनेर बसी उदास निन्याउरो मुख लगाएर सुनिमात्र रही । 
ूअँ साँच्ची तँ कता जाँदै थिइस् मैले अलमलाए है ू बाटो छोडिदिदै बोल्यो स्यावाजा । 
ूअन्त कहाँ हुन्थ्यो र आज विवाहको लगन तोकेर उता पट्टीका आउँछन। त्यसैले केही सामान लिन बजार जान लागेकी म त यही पो अल्झिएँछु । मार्छिन् आमाले म गएँ है स्यावाजा भरे पोखरीमा भेटौला ।ू हतारो मान्दै त्यहाँबाट िहंडी सानी । कहाँ के गर्न जान िहंडेको स्यावाजा त्यसै झोक्राएर घरतिरै फर्कियो । 
घाम डाँडामा डुब्न मुड्की हात जग्गा बाँकी रहँदा खेतबाट आलु रोपेर पोखरीमा आइपुग्यो स्यावाजा । पोखरीको उत्तर पट्टि ठूलॊ चौतारो पनि थियो जहाँ बाटो िहंड्ने यात्री मेलौटे गोठालो सबै बिश्राम लिन्थे । ऊ भने चौतारामा नबसी पोखरीको डिलमा गएर टुसुक्क बस्यो । उसलाई्र माछा खेलेको डुब्दो सूर्यको लालित्य पानीमा घोलिएको असाध्य मन पथ्र्यो । 
सधैको भन्दा त्यति बेला ऊ ओजस्विता प्रखर थियो आफ्नै आँखाको नानीमा खेलीरहको पोखरीको पानी ह्दय सागरमा झरना बनेर लहरिन्छ उसलाई्र अझ बढी उच्छवसित बनाउँदै एकनास पोखरीको पानीमा टोलाएर हेर्दै गर्दा पानीमा लाम्चो दुई्रवटा छायाँ तैरन्छ उसको नजरभित्र पछाडि फर्केर हेर्दा सानी ढिङ्ग खामोझैँ उभिएकी थिई । 
ूए तँ आइस् ल भन तेरो विवाहको लगन कहिलेलाई्र जुर्यो त ू आफूबस्दै र सानीलाई बस्न आग्रह गर्दै बोल्यो स्यावाजा । ूअभागी खान बस्यो बाह्रहातको कुन्नि के पस्यो भनेझैँ मेरो लागि संसार सधै खुम्चियो अनायासै भाग्यमै बिष फलेपछि अमृतको घडा समाउन खोज्नु मुर्खता रहेछ ।ू लामो स्वास फोक्सोदेखि नै तान्दै भनी सानीले । ूमैले बुझिन तेरो भक्की अमिलोझैँ पड्केको कर्कस भनाई आखिर गाँठी कुरा के हो त्यो भन्न ू उसको भनाइमा अनौठौ मान्दै बोल्यो स्यावाजा । 
ूकसरी बुझ्छौ त तिमी भाग्य प्वाल परेको मयत्रो भएपछि कुरामात्र कहाँ रेसमी रुमाल झैँ उब्जदो रैछ र मेरो विवाह एकवर्षलाई्र परसर्यो स्यावाजा केटाको हजुआमा खसीन अरेू ूए त्यो त ज्यादै नराम्रो भएछ सानी विवाह जस्तो कुरा रात रहे औराख पलाउँछ भन्छन् । ठीकै छ समयसँग सम्झौता त गर्नै पर्यो हैनन र बिगतमा के भयो भविष्यम के हुन्छ हैन कि वर्तमानमा जे जे आइपर्छ मुकाबिला गनै सिक्नु पर्छ हामीलेू सम्झाउने शैलीमा कुरा गर्छ स्यावाजा । 
केही सम्वाद र केही मौनतामा लाडिदै समय उनिहरुको मुठ्ठीबाट फुस्किदै गयो । ूला ! घरमा काम छ छिट्टै आइज आमाले भनेकी थिइन म त गएँ है स्यावाजाूकपडाको पोको हातले च्यापेर बाटो लागि सानी । साँझ गाँढा बन्दै थियो । अलिवरको बस्तु ठम्म्याउन हम्मे हम्मे हुने कोदालो काँधमा राखेर सुसेल्दै हिटीतिर उक्लीयो ऊ । 
हिटीमा केही पधेरनीहरु रनेकै बारेमा बहस गर्दै थिएँ । ूबिचरा रने कति जाती भलाद्मी थियो आखिर एक्सीडेन्टमा परेर मरेछ हैू ूअँ त भन्या कलिलो उमेरमै स्वास्नी मरी नछोरा नछोरी तै पनि पत्नीकै नाममा आजीवन खर्चियो राडोबनेर बराू ूत्यहि त भन्या गाउँलेका छोरी बुहारीको मुखमा मस्केर सम्म हेर्दैन थियो देउता हो रनेत देउताू यी टिकाटिप्पणीले मुटुमा आगोको लप्का हुर्हुरिन थाल्यो स्यावाजाको । जति नै रिसको मुस्लो ज्वाला बनेर झाङगिन खोजे पनि पैतलाले दवाउन तर्फ लाग्यो प्रतिजवाफ गर्नुको सट्टा भनोस के तिमीहरुले देउता सम्झेको रनेले सानीको इज्जत माथि खेलबाड गर्यो यो कसरी भन्न सक्छ ऊसले रनथनिदै घायल मृग जस्तो बनेर हातगोडा सम्म नप्वाखाली घर तर्फ लाग्यो स्यावाजा हिटीबाट । 
कहिले हावा बनेर सुसेल्दै त कहिले चिप्लेकीरा बनेर घस्रदै डेड दुई महिना त्यसरी नै चिप्लीयो उनिहरुको पोल्टाबाट ।स्यावाजा र सानी आ-आफ्नो काममा लाग्थे कहिले काँही भेट हुन्थ्यो तर अति छोटो समय त्यसैमा दुख सुख साटासाट र बाडाबाड गर्थे भेटमा । उनीहरुको एस।एल।सी।sाे नतिजा पनि प्रकाशित भयो त्यहीँ समयबिच । दुवै पास भएछन् तर हुनु के थियो र उच्चशिक्षा हाँसील गर्न शहरजाने हैसीयत थिएन भने गाउँमा बिस्वबिद्यालयको ब्यवस्था हुन सकेको थिएन । श्यावाजा गाउँकै स्कुलमा पढाउने काम गर्न थाल्यो । अब त स्यावाजाको घरमा पनि विवाहको कुरा अघि बढन् थाल्यो पल्ला गाउँकी जिम्दारकी छोरीसँग । छिटै बुहारी भित्राएर साँचोमुचो सुम्पेर आफू आनन्दले बस्ने स्यावाजाकी आमाको सपना अनुसार बैषाख पच्चीसलाई्र निस्कियो लगन । घरपरिवार र छिमेकमा विवाहको रौनक खुब धुमधामले मच्चन थाल्छ स्यावाजाको । 
एकदिन स्कुल सकेर स्यावाजा घर फर्कदै थियो बाटुले चौरको बाटो हुँदै चौरको गौडामै हस्याङ्ग फस्याङ्ग गर्दै आएकी सानीसँग भेट भयो स्यावाजाको । ूकिन के भयो र सानी त्यसरी धपेटीएर आएकी ू अतालिएर आएको सानीलाई देखेर सोधेको थियो स्यावाजाले । एकछिन लामो स्वाास लिदै गौडैमा थ्याच्छ बसी ऊ । ऊसको मुहार फकि्रएको गुलाव झैँ रातो र गालाको टुप्पाबाट तप्प रगत चुहिएला जस्तो भएको थियो । एकछिन नाक र मुखबाट स्वासको मुस्लो लिएर बोली- ूकुरा बेग्लै छ स्यावाजा यहाँ जुन समस्यालाई हामी ढाकछोपको एसीडले अस्तित्व मेटाउन चाहन्थ्यो हो त्यहीँ समस्याले ऐजेरु फलायो मेरो यात्रामा मेरो जीवनमाू ूऐजेरु अस्तित्व …… के भन्दैछस् तँ यो ू सिमलीको छायाँमा टाउको ओताउँदै भन्यो स्यावाजाले । ूअरु के हुनुनी त्यस असती पापी रनेको पापको घडा भरिदैछ मभित्र ऊसको कालो कर्ततुत जिवात्मा बनेर हुँकदैछ मेरो पेटमा म दोजीया भएकी छु स्यावाजा । कामकुरो छिनीसकेको मेरो पेटमा बच्चा छ भन्ने थाहा पाउँदा के सम्झेलान् घरपटिकाले ।ू उस्का आँखाबाट थाम्न नसकिने आँसुको ओइरो लाग्यो । गालाको बाटो हुँदै । ूउफ ! कुरा टुङ्गियो भनेको झन ठूलॊ घाडो पो आइलाग्यो । ू टाउको निहुरायो स्यावाजाले । ूमैले त त्यतिखेरै गुपचुप नराखौ कि भनेकै थिए तिमीसँगू भित्तामा अढेसलगाएर खुट्टाले भुइ कोतर्दै सुकसुकाउन थाली सानी । ूघटना घटेको रात मैले पनि सोचेको थिए भोलि बिहान गाउँभरीका भेला गराएर यथार्थसबै खुलासा गरौ शहरबाट रनेलाई्र झिकाएर ऊसैको जिम्मामा तँलाई सुम्पीउ तर बिहानै नशोचेको घटना घट्यो अनि म के गरौ त नै भन्त सानी ू रोइ रहि केही बोलीन ऊ । ूयति त्यसो गरेको भए पनि तँ रनेसँग घरगरेर बस्न सक्थस् त जबरजस्ती बोकाइएको नाम्लो के सम्हाल्थ्यो होला र ू ूयो बेइजत सहनु भन्दा यातना सहेर भए पनि सम्झौतामा चलाउँथे म जिन्दगी अब के गर्ने लौू 
नारी जाती स्वभावैले कमलो मनको हुन्छन् त्यसमाथि आफूमा आइपरेको महासंकटको बोझले थिचिएर फतक्क गल्छे सानी शब्द उच्चारण गर्ने क्षमता ऊसमा पटक्कै रहन्न आँसुमात्र सागर बनेर उर्लिन्छ गालाको बाटो हुन्दै र भिजाउँछ ऊसले लगाएको चोली । सानीको अबस्थाले निकै मर्माहित बनाउँछ स्यावाजालाई । ूअव यो समस्याको समाधान हामीबाट मात्र हुँदैन सानी तँ बुबा आमालाई सबैकुरा खुलस्त बता घर बाहिर यो कुरा नपुगास् हामी हामी मिलेर गर्भपतन गराउनु पर्छ । तेरो विवाह हुन अझै एकवर्ष बाँकी छ त्यो बेलासम्म सब ठिक हुन्छ । त्यसको लागि चाहिने आर्थिक सहयोग म पनि गरौला ।ू लामो सुस्केरा हाल्दै बोल्यो स्यावाजाले । ूभन्न त भन्ने तर कसरी फेरि बिस्वास गर्लान र उनिहरुले ।ू ूबिस्वास गर्नुपर्छ भगवानको लागि आफ्नो सन्तानको भविष्यको लागि यो भन्दा अरु बिकल्प पनि त छैन । तँ नआतिइ म छु तेरो साथमा।ू सबै कुरा सम्झाएर पठायो स्यावाजाले सानीलाई । पानी नपाएर आइलाएको रायो झैँ ओइल्यात्त परेर गइ सानी घर । त्यस्तै हातमा मन नलाई नलाई लम्कियो स्यावाजा पनि आफ्नो घरतर्फ । 
एक हप्ता जति बित्यो स्यावाजाको सानीसँग भेट भएन ऊ धाएर भेट्न जान पाएन सानी पनि आइन । पहिलाको तुलनामा विवाहाले गर्दा चटारो थपिएको छ स्यावाजालाई । झन किनमेल गर्न शहर जाँदा दुइचार दिन उतै चिप्लीन्छ । तर कुन्नी किन हो गाउँको बातावरणमा पृथकता पाइरहेको थियो ऊसले । स्कुल जाँदा आउँदा घरबेसी गर्दा जति बाटामा छरछिमेक भेटिन्थ्यो अनौठो रहस्यमय पाराले हेर्थे स्यावाजालाई । तर कोही केही कुरा उठान गर्दैन थिए । घरमा बाबा आमाको पनि परिवर्तित ब्यवहार पायो स्यावाजाले गुनगुन कुरा गरिरहेकाहरु ऊसको आगमनमा चुपचाप र मुखामुख गर्थे आखिर किन यस्तो भयो ऊसले बुझ्न सकिरहेको थिएन । 
एकदिन स्कुलबाट फर्कदा आफ्नै घरमा ठूलॊ मान्छेको जत्था देख्या स्यावाजाले परैबाट । बाबा आमालाई त केही भएन भन्ने शंखा उपशंखाले गाँजेर दुइपाइलामै घरपुग्यो ऊ । तर त्यहाँ कुरा अर्कै थियो । गा।बि।स अध्यक्ष गाउँका मुखिया लगायत सबै भेला भएका सबैभित्र रिस र घृणको ज्वाला दन्किरहेको हेराइबाटै प्रस्ट बुझ्न सकिन्थ्यो । केही समयको मौनता तोड्दै स्यावाजाकी आमा च्याठ्ठी-ूथुइक्क कुकुर ! कहि कोही नपाएर दमाइको छोरी ताकिस् हैन मलाई त पहिलै शंखा थियो तिमीहरु माथि । सधै सगै हिड्नु पर्नी हिटिको तल पोखरीमा साँझको बेला पनि गुनगुन गुनगुन यहिदिन देखाउन रैछ विवाह हुन पाँचैदिन बाँकी छ के भन्नु र कुन मुख देखाउनु कुटुम्बलाई धिक्कारोस् । निस्की अब यो घर भित्र पस्न पर्दैन तैले हे भगवान यस्तो छोरो जन्मनु भन्दा त गभै बाँजो भैदिएको भए हुन्थ्योू ऊ रुन थाल्छे । बसेको ठाउँबाट मुट्टीकसेर उचालीदै बोल्छ सानीको बाउ- ूटिकाटालो गरेको छोरीलाई चाइन्जो पेट बोकाएपटि कुन मुख देखाउनु हाम्ले कुटुम्बलाई यसलाई्र त……॥ू उठेर पर्खालको ढुङ्गो उचाल्छ । पल्लाघर काकाले समात्छन् ऊसलाई्र । 
ूमैले तपाइहरुलाई्र कति पटक भन्नु यो बच्चा रनेकै हो स्यावाजा र म बिचमा त्यस्तो केही भएको छैन हामी असल साथी मित्र हौ हाम्रो मित्रतालाई अपबित्र नबनाउनुस् । के एउटा केटा र केटी बीच भावनात्मक सम्बन्ध हुन हुँदैन र ू दुवै हात जोडेर बिन्ती पुकार्छे सानी । ूचुपलाग तँ लाजनभएकी नकचरी रनेजस्तो स्वच्छ छबि भएको माहापुरुषलाई आरोप लगाएर नरकमा नपार तिमीहरुले मोजमस्ती लुट्ने रासलिला मनाउने अनि बच्न दोष बीचरो बितिसकेको रनेलाई्र दिने के मरेको मान्छे बिउझदैन जे भनेपनि हुन्छ भन्ने ठानेका छौ । मलाई्र तिमीहरु माथि जवानादेखि नै शंखा थियो बोल्न नभएर पो ू रनेको दाइ बम्कीयो आफ्नै पारामा । सबैले हो मा हो मिलाए । आ-आफ्नो तर्क बिर्तक सबैले ओकले । स्यावाजाले लाखौ पटक सम्झाउने प्रयास गर्यो तर ऊसलाई्र बोल्न नदिएर सिङ्गै चलाउँला जस्तो गरे उपस्थित महानुभावले । 
एकछिन मौन भएर सोच्यो स्यावाजाले बसेको ठाउँबाट जुरुक्क उठ्यो दैलामा भगवान बिष्णुको मुर्तीमा पुजा गरेको रातो अविर दाइने हातको दुइटा औलाले उठायो र सरासर सानी भएको ठाउँमा गइ लगाइ दियो सानीको सिउँदोमा । सबै वाल्ल परेर हेरेको हेर्यै भए कोही केही भन्न खोज्दै थिए सानीको दाइने पाखुरामा समातेर घिसार्दै घरभित्र पस्यो स्यावाजा । 


Share/Bookmark

0 कमेन्ट गर्नुहोस:

हाम्रो अनुरोध

तपाईंहरुलाई ब्लग

कस्तो लाग्यो

कृपया

आफ्नो राय,सल्लाह

सुझाब र प्रतिक्रिया

दिनुहोला

साथै यदि तपाईंहरु आफ्नो लेख रचना

यो ब्लगमा पब्लिश गर्न चाहनु हुन्छ भने

इमेल गर्नुहोस्

sahitya.sirjana86@gmail.com

ब्लग भ्रमण सूचक

free counters

.

कृपया आफ्ना लेख रचना
मा पठाई सहयोग गर्नु होला |



नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+G थिच्नुहोस |

  © This blog Template is developed by http://sahityasirjana.blogspot.com/ 2010